काठमाडौं । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालय सिंहदरवारमा बसिरहेको छ । प्रधानमन्त्री केपी ओली र देउवाबीचको बालुवाटार भेटमा नयाँ गभर्नरको सहमति जुटेसँगै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक राखेका हुन् ।
दुई नेताको सहमतिसँगै गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको बताइएको छ । अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुंगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो ।
नेपाल राष्ट्र बैक करिव एक महिनादेखि गर्भनर बिहिन रहेको छ । गभर्नर छनौट सिफारिस समितिको सदस्य समेत रहेका विश्व पौडेलले केही दिनअघि मात्रै समितिवाट राजीनामा दिएका थिए । उनि आफै गर्भनरको दौडमा थिए । आजै साँझ बस्ने मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्ति टुंग्याउने तयारी छ ।