काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाललाई घरेलु टोली थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको छ। थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउदै १५८ रनको योगफल बनायो।
थाइल्याण्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन। नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन। उसका लागि अपिसारा सुवान्चोराथीले २९ रन जोड्दा नथ्थकन चन्थमले १५ रन बनाइन। नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एकरएक विकेट लिए। थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको ८० क्षतिमा रन बनायो।
नेपालका लागि कविता कुँवरले २४ रन बनाइन्। राजमति ऐरीले २० रन बनाउँदा रुविना क्षेत्रीले १२ रन बनाइन्। ओपनर सम्झना खड्काले ९ रन बनाइन् भने रुवि पोदारले ४ रन थपिन्। कप्तान इन्दु वर्माले ७ रन थपिन्। पूजा महतो, रोमा थापा ईश्वरी विष्ट, रिया शर्मा शून्य रनमा आउट भइन्।