काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी जोगाउने नेतृत्व गरेको आरोप लगाएका छन् । उनलेले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीुको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएका हुन् ।
सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि भएको बेठकमा प्रधानमन्त्री ओलीले मेयर बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भनेका थिए । त्यसको जवाफ पर्काउँदै बालेनले कार्यक्रममा नजाने भनेर जवाफ फर्काएका हुन् ।
सामाजिक सञ्जालमा त्यसको जवाफ दिँदै बालेनले ओलीलाई भ्रष्ट प्रणाली चलाएको र भ्रष्टाचारीलाई जोगाएको समेत आरोप लगाए । आफूले भ्रष्टचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टचारी जोगाउँछु भनेको र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गरेको उनले आरोप लगाएका छन् ।
बालेनले फेसबुकमा लेखेका छन् सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम । अगाडि उनले लेखेका छन्, जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?