हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण
हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षती पु¥याएको छ ।
आवश्यक विपद् उद्वार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल रहेको आशंका गरिएको छ । आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भईरहेको छ । पहिरोबाट मानवीय तथा पशुचौपायामा क्षती पुगेको छैन ।