काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पनि सुनुवाइ नहुने भएको छ। लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भए पनि न्यायधीस र वकील नातेदार परेसँगै रिटको सुनुवाई हेर्न नमिल्नेमा परेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि यसअघि पटक९पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ मै रहँदै आएको थियो। सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनवाइ भएको छ ।
लामिछाने अहिले सहकारी ठगी प्रकरणमा जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई थुनामा पठाएको थियो । लामिछानेलाई काठमाडौंबाट नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया पूरा नगरिएको रिट निवेदकको दाबी छ ।