काठमाण्डौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीको पहिलो खेलमा यूएईले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गर्दै सो लक्ष्य दिएको हो ।
नेपालकी मनीषा उपाध्यायको घातक बलिङमा आईसीसी महिला टी(२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीमा यूएईविरुद्ध जितका लागि नेपालले १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ। थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो।
यूएईका लागि ओपनर तथा कप्तान इसा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भईन्। विकेटकिपर तिथा सतिसले २१ रन बनाउँदै आउट भईन्। लावन्या केनीले १२ रन बनाउँदै आउट भईन्। हिना होट्चान्दानीले २० रन थपिन्। नेपालका लागि मनीषा उपाध्यायले ४ विकेट लिईन्। मनीषाले आफ्नो स्पेलमा मात्र २० रन दिईन्। कविता कुवँरले दुई विकेट लिईन्। कवितानले अन्तिम ओभरमा २ विकेट लिर्दै यूएईलाई रोकेकी हुन्। राजमती ऐरिले एक विकेट आफ्नो नाममा गरिन्। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो।
आजको खेलमा यूएईमथि जित निकाले सिधै ग्लोबल छनोटमा पुग्नेछ। यूएई पराजित भए ग्लोबल छनोटको दौडबाट बाहिरिनेछ। सुपर थ्री को शीर्ष २ मा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। नेपाल समुह सी र यूएई समुह बी को शीर्ष स्थानमा रहँदै सुपर थ्री मा पुगेका हुन्। दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध भोलि मंगलबार खेल्नेछ।