काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशी तोकिएको छ ।
आज ( आइतबार ) उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा तोकिएको छ । योसँगै उक्त बन्दीप्रत्यक्षीकरण आज पनि हेर्न नमिल्नेमा पर्ने निश्चित छ । उक्त रिट अघिल्लो पटक पनि न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा तोकिएको थियो । हेर्न नमिल्ने भन्दै यसअघि न्यायाधीशद्वय उक्त मुद्दाबाट पन्छिएका थिए ।
लामिछानेको रिट आजसम्म पाँचौं पटक हेर्न नमिल्नेमा परिसकेको छ । लामिछाने अहिले सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् ।