काठमाडौं । भारत–पाकिस्तान द्वन्द्वका कारण एक हप्ता रोकिएको इन्डियन प्रिमियर लिग ( आईपीएल )को पहिलो खेल वर्षाका कारण जोखिममा परेको छ।
खेल नेपाली समय अनुसार शनिबार साँझ ७स्४५ बजे बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेलिने तय भएको थियो। तर बेंगलुरुमा वर्षाका कारण टसमा ढिलो भएको छ। खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी ) र कोलकाता नाइट राइडर्स ( केकेआर )बीच खेलिनेछ।
आईपीएलको अंक तालिकामा गुजरात टाइटन्स १६ अंकका साथ शीर्ष स्थानमा छ। आरसीबी दोस्रो स्थानमा छ। आरसीबीको पनि १६ अंक छ।