काठमाण्डौं । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किरात समुदाय ( राई, सुनुवार, लिम्बू र याख्खा ) ले शनिबार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी साकेला उभौली पर्व सामूहिक रूपमा मनाएका छन्। यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच शनिबार नाचिएको हो ।
किराँतहरूका देवी र देवता सुम्निमा ९पार्वती० र पारुहाङ ९शिव०को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगब्याधी नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मनाइन्छ ।
यसैगरी, साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ । साकेलामा ढोल, झ्याम्टा बजाएर सृष्टिका गीत गाउने चलन छ । यसैगरी, कोदोको चोखो जाँड, नयाँ अदुवा, धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ । उनीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै खुसियाली साटेका थिए।