काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन् ।
वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् । कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक(गायिकाले पनि प्रस्तुति दिनेछन्।