काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले भ्रष्टाचार नियन्त्रणको विषयलाई कांग्रेस र एमालेले आफ्नो गहन जिम्मेवारी नठाने क्युबाको इतिहास दोहोरिनेसक्नेतर्फ सचेत गराए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘क्युबामा फुल्गेन्सिओ बातिष्टाको सरकारको पालामा ठूलो भ्रष्टाचारको काण्ड भयो, अति भएपछि त्यहाँका हरेक युवाले हतियार बोकेर भ्रष्टाचारीलाई जेलमा पठाएका थिए । नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार पचाउने यो पेट कस्तो हो भनेर अहिले प्रश्न उठिरहेको छ । त्यसको जवाफ कांग्रेस र एमालेले दिनुपर्छ ।’
उनले सन् १९५० को सन्धी खारेज गरिएमात्रै राष्ट्रिय सुरक्षा प्रत्याभूति हुनेतर्फ सरकार सचेत हुन जरुरी रहेको बताए ।