काठमाडौं | आज मिति २०८२ साल जेठ १ गते विहान ५:२५ बजे चन्द्रागिरि नगरपालिका–११, सतुङगल चोकस्थित एक कपडा पसल तथा कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको छ।
आगलागी नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट स.प्र.नि. गोविन्द पौडेलको कमान्डमा २५ जना सुरक्षाकर्मी र थप १५ जना गरी जम्मा ४० जना खटिएका छन्। त्यस्तै प्रहरी वृत्त थानकोटबाट प्र.ना.उ.को नेतृत्वमा ३० जना प्रहरी परिचालन गरिएको छ।
आगलागी नियन्त्रणमा ल्याउनका लागि काठमाडौँ महानगरपालिकाबाट १, चन्द्रागिरि नगरपालिकाबाट १, ललितपुर महानगरपालिकाबाट १, जुद्ध बारुण यन्त्रबाट २, नेपाली सेना विपद् व्यवस्थापन गणबाट १, र नेपाल आयल निगम थानकोटबाट १ गरी कुल ६ वटा दमकल परिचालित भएका छन्।
स्थानीय बासिन्दा, सुरक्षा निकाय र दमकल टोलीको समन्वयमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। हालसम्म मानवीय क्षतिको विवरण आएको छैन भने सम्पत्ति क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।