काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर।आर। कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो ।
६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए । आज मिति २०८२र२र१ गते विहान ०५स्२५ बजेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङगल चोक स्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत सर्ट हुदा आगलागी भएको छ उक्त स्थानमा स प्र वल नेपाल नं १८ निलबाराहि गणबाट स प्र नि गोविन्द पौडेलको कमान्डमा २५ जाना र थप १५ जाना जम्मा ४० जाना प्रहरी वृत थानकोटबाट प्र ना उ को कमान्डमा ३० जाना काठमाडौ माहानगरपालिकाबाट १ वटा चन्द्रागिरि नगरपालिकाबाट १ वटा दमकल जम्मा २ वटा दमकल लगाएतको टोलिले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन ।नेपाली सेना विपद गणबाट १ वटा,नेपाल आयल निगम थानकोटबाट १ वटा, जुद्द बारूणयन्त्रबाट २ वटा, चन्द्रागिरि नगरपालिकावाट १ वटा, ललितपुरबाट १ वटा गरी ६ वटा दमकल प्रयोग गरी े आगो नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी लगायत आगलागी भएको स्थानमा पुगेका थिए । प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातिर्थबाट ४ जना खटिएका थिए ।