मोरङ । मोरङ जिल्ला अदालतले नकेपा ९एमाले० का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई पक्राउ नगर्न प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ । लेनदेन बिगो मुद्दामा पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उनले आज अदालतमा उपस्थित भएर धरौटी रकम दाखिला गरेका छन् ।
सोही मुद्दामा पक्राउपुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रा।लि।काठमाडौंका सञ्चालक देवराज खनालले पनि धरौटी रकम दाखिला गरेका छन् । खनाललाई पनि पक्राउ गर्न अदालतले भनेको छ ।
‘वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रा।लि। समेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१/०१ / ३१ मा भएको आदेश अनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१/ १/ ३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं .३०१६ मिति २०८१।०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ,’ अदालतले लेखेको पत्रमा भनिएको छ ।