काठमाण्डौं । संयुक्त जनआन्दोलन समितिले राजसंख्या पुनःस्थापनाको आन्दोलनलाई सफल बनाउन गाउँगाउँबाट सुझाव लिने भएको छ ।संयुक्त जनआन्दोलन समितिको आइतबार बसेको बैठकले आगामी जेठ १५ गतेदेखि सुरु हुने राजसंस्था पुनःस्थापनाको आन्दोलन सफल बनाउन सुझाव लिने निर्णय गरेको हो । संयोजक नवराज सुवेदीको अध्यक्षतमा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ, मोर्चामा रहेका दल, संघसंस्था र अभियानहरूको काठमाडौं उपत्यकाव्यापी प्रदेश, जिल्ला, क्षेत्रिय अध्यक्ष र पालिका अध्यक्षहरू तथा वर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक बैशाख २८ गते दिनको २ बजे राप्रपा केन्द्रीय कार्यालयमा गर्ने । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य्रप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला जेठ ६ गते गर्ने ।
बैठकले चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा उपस्थित नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरूलाई थप गर्ने निर्णय गरेको छ । बैठकले जेठ ८, ९, १० र ११ गते काठमाडौं उपत्यका जनजागरण यात्रा गर्ने, काठमाडौं उपत्यकाका सबै १५ पालिका भित्रमा महत्वपूर्ण स्थानहरूमा कोण सभा गर्ने र जेठ १३ गते वृहत युवा स्वयमसेवक भेला गर्ने निर्णय पनि भएको बैठकपछि संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त जनआन्दोलन समितिमा आवद्ध दल, संघसंस्था, अभियन्ताहरुले आपसी समझदारीमा जेठ ७ गतेभित्र जिल्ला, पालिकाहरुमा ुसंयुक्त आन्दोलन समितिु गठन गर्न निर्देशन दिँदै समिति बैठकले विचार र अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न कानुन बनाउने सरकारको तयारीको विरोध गर्ने निर्णय पनि गरेको छ ।