काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आर्थिक बर्ष २०८२र०८३ को बजेटका सन्दर्भमा सुझाव दिएको छ। अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गरेका हुन्। महासंघले पूर्व बजेट छलफलको कार्यक्रम नै आयोजना गरी अर्थमन्त्री बिष्णु पौडेललाई५८ बुँदे बजेट सुझाव
दिएका हुन् ।
नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उनले बताए। त्यसैगरी लगानी दशक घोषणा गरी नीतिगत स्थायित्व र ठोस कार्ययोजना दोस्रो प्राथमिकता भएको भन्दै उनले कार्ययोजना निर्माणमा महासंघले सघाउने बताए।
साना मझौला उद्योगको अनलाइन दर्ता र राजस्वसम्बन्धी व्यवस्था, सूचना प्रविधि उद्योगको विस्तार, खाडी मुलुकलक्षित निर्यात कार्यक्रम, हिलस्टसन, खेलकुद, विवाह कार्यक्रम केन्द्रित पर्यटन कार्यक्रम तत्काल सकारात्मक नतिजा दिने योजना भएकाले त्यसतर्फ सोच्न उनको आग्रह छ। ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका अधिकांश सुझावको कार्यान्वयनले नयाँ चरणको सुधारको मार्गप्रशस्त गर्नेछ। ढकालले कम्तीमा पनि २ वर्ष राजस्वको वृद्धिदर जति नै बजेटको आकार पनि बढाउन समेत अर्थमन्त्री मार्फत सरकारलाई सुझाव दिएका छन् ।