काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अध्यक्ष केसीले कर्मचारी र जनप्रतिनिधिको सेटिङ्गमा कालीगण्डकीमा दोहन भईरहेको बताए ।
सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाए ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी दिए । तर सरकार यतातिर भन्दा पनि आफ्ना दलका जनप्रतिनिधिको बचाउमा लागीरहेको कसीको आरोप छ ।