काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । बिहानदेखि सडक खुलाउन प्रहरी र सडक बिभागले काम गरेका थिए ।
अन्तत कोईला बोकेर पल्टेको ट्रकलाई पन्छाएसँगै सडक दुईतर्फी खुलेको हो । ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुइनखोला भन्ने स्थानमा पल्टिएको थियो । कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।