काठमाडौँ । काठमाडौँमा टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् । टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णतः उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् । प्रदर्शनकारीहरूले सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।
साथै द्वन्द्व पीडित समुदायले आफूहरूको माग सम्बोधन नभए पीडितहरूको अगुवाकमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन् । डित समुदायको माग सम्बोधन नभए पीडितहरुको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी उनीहरुले दिएका छन् । यसअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सहभापति शेरबहादुर देउवालाई भेटेर पीडित पक्षबाट पनि आयोगमा राखिनुपर्ने माग गरेका थिए ।