काठमाण्डौं । पाकिस्तानका सरकारी टीभी र सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको बताएका छन्। यसअघि पाकिस्तानी सेनाका प्रवक्ताले भारतले पाकिस्तानका तीन सैन्य हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै जवाफ दिन आफ्नो सेना तयार रहेको बताएका थिए।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार भारतविरुद्ध बदलाको कारबाहीलाई ुबुन्यान(अन(मार्सुसु नाम दिइएको छ। पाकिस्तानको दाबीमा भारतले भने अहिलेसम्म केही भनेको छैन। जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो।
त्यसयता दुई देशबीच गोलाबारी भइरहेको खबर आइरहेका थिए। तर पाकिस्तानले आफूले आक्रमण गरेको कुरा अहिलेसम्म स्वीकार गरेको थिएन। यसैबीच अहिले भने पाकिस्तानले भारतविरुद्ध जवाफी हमला सुरु गरेको बताएको हो। एजेन्सी