काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) बीच शुक्रवार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। राजनीतिक वृत्तमा शंका उपशंकाका बीच भएको यस भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ।
पछिल्लो समयमा ठूला तीन दलका शीर्ष नेताहरूबीच अलगअलग भेटवार्ता बाक्लिएको छ।