काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल(भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । पछिल्लो पटक रक्सौल नाकाबाट केही चीनिया पक्राउ परेका थिए ।
भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चीनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ ।
दुवै देशबीच खुला सिमाना रहेको भन्दै दूतावसको सूचनामा भनिएको छ(कुनै पनि हालतमा गल्तीले पनि भारतीय भूमिमा प्रवेश नगर्नू ।