संखुवासभा । नेपाल र छिमेकी मुलुक चिन जोड्ने बाटोको ट्रयाक खोल्ने काम तिब्र रुपमा अघि बढीरहेको छ । जिल्लाको भोटखोला गाउँपालिका वडा नं १ घोङ्गगप्पादेखि किमाथाङकासम्मको बाटोको ट्रयाकको काम भईरहेको छ ।
ओएसीस ईन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले २०८१ साल मंसिर देखि खन्न शुरु गरेको सडकको चिनतर्फवाट सडक रहेपनि नेपालवाट भने सो सडक जोड्ने मार्ग थिएन । अहिले पालिकाको घोङ्गगप्पाभिरको चट्टान फुटाउने काम भईरहेको छ । दैनिक ४ वटा एक्साभेटर मार्फत सो भिरको पहरा फुटाउने काम भईरहेको उत्तर दक्षिण कोशी सडक योजनाका सूचना अधिकारी ईन्जिनियर नरेश जिरेलले बताए ।
सो भिर छिचोलिएपछि नेपाल र चिनबिच सडक यातायात पुग्नेछ । किमाथाङका तर्फवाट यसअघि नै नेपाल सरकारले बाटो खने पनि घोङ्गगप्पाभिरको पहराका कारण सडक बन्न सकेको थिएन । त्यसरी नै च्यामताङ्गदेखि घोङ्गगप्पासम्मको १० किलोमिटर सडक खन्ने काम नेपाली सेनाले गरीरहेको छ ।
सेनाले बनाउने १० किलोमिटर ,ओएसीस ईन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले बनाउने २१ किलोमिटर सडक बनेर तयार भएपछि घोङ्गगप्पादेखि किमाथाङकासम्म सहज रुपमा यातायात सुचारु गर्न सकिने छ भने नेपाल र चिनबिच नयाँ नाका समेत यातायात संचालनमा आउनेछ । ओएसीसले ३ बर्षका लागि लिएको ठेक्ककाको ४० प्रतिसत काम हालसम्म सम्पन्न भईसकेको निर्माण कम्पनीका ईन्जिनियर जगत केसीले बताए ।