काठमाण्डौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई साथ दिनुपर्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले आतंकवाद विरुद्धको लडार्इंमा भारतलाई साथ दिनुपर्ने बताएका हुन् ।
‘रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आंतकवादविरुद्ध गरेको युद्धजस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा छौं भन्ने लागेको छ,’ सांसद खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु ।
आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।’ गत वैशाख ९ गते काश्मिरको पहलगाममा नेपाली युवा सन्दीप न्यौपानेसहित २६ जना हिन्दु धर्मावलम्बी हत्याको प्रत्युत्तरमा भारतले ‘अपरेशन सिन्दुर’ नाम दिएर आक्रमण शुरू गरेको छ ।