काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज ९बिहीबार० साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।
आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नसक्ने बताइएको छ । विगत एक महिनादेखि नेपाल रुाष्ट्र बैंक गभर्नरविहीन छ । सत्तारुढ दलबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिमा सहमति जुटिसकेको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा।गुणाकर भट्टलाई देउवाले गभर्नर बनाउन चाहेपनि उनको राजीनामा स्वीकृत नभइसकेकाले समस्या आएको पाइएको छ । कांग्रेसले भट्टपछि भावी गभर्नरको सूचीमा ज्ञानेन्द्र ढुङ्गानालाई पनि अगाडि सारेको छ ।