काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले उर्जामन्त्री दिपक खड्कालाई सदनमा उभिएर नेपाल विद्युत प्राधिकरणको नाफा/घाटाबारे जवाफ दिन सदनमार्फत माग गरेकी छिन् ।
उनले भनिन्,‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु ।’
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले गभर्नर नियुक्तीको लागि लामो समय खर्चिएको भन्दै प्रश्न उठाईन् । मेरिटोक्रेसीको आधारमा गनर्भर नियुक्ती गर्न सकिने भएकोले त्यसमा विलम्ब हुनु गलत भएको उनको टिप्पणी छ ।