काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
सांसद बस्नेतले गृहमन्त्रीले जवाफ दिने जानकारी पाएको उल्लेख गर्दै यस विषयमा धेरै नबोल्ने बताए । रेशमबारे कुरा राख्दाराख्दै उनले नेपालमा प्रतिशोधको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको दाबी गरे । यसको दृष्टान्तको रुपमा उनले संसद्लाई सबैभन्दा कमजोर बनाउन खोजिएकोबाट थाहा लाग्ने तर्क छ ।
‘नेपाली कांग्रेसका नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानजी कुनै बेला पार्टीबाट बाहिरिनपर्ने अवस्था थियो,’ उनले भने । यस्तो अवस्था अन्य पार्टीमा पनि रहेको उनको भनाइ थियो । ‘एमालेभित्र संस्थापक नेता कति बाहिरिए कति बाहिरिए, माओवादी भित्र बाबुराम भट्टराई र बैद्यजी कहाँ हो कहाँ हो थाहा छैन,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पनि समस्या नै रहेको उनको भनाइ थियो । ‘राप्रपाभित्र कमल थापाजी चुनाव हारेपछि अर्को पार्टी खोलेर अध्यक्ष भइहाल्नुभयो । पदको कुरा गर्दा । रास्वपामा पनि राजीनामा प्रकरण सुरु हुन थाल्यो,’ बस्नेतले भने । मधेश केन्द्रित राजनीतिक दलभित्र रहेको समस्या पनि देखिँदै गएको उनले बताए । यस्ता गतिविधिलाई उनले प्रतिशोधको संज्ञा दिए । प्रतिशोध सबैभन्दा पहिले आफ्ना पार्टीकाले आफ्नालाई सिध्याउने, त्यसपछि अर्काका पार्टीलाई सिध्याउने,’ उनले भने ।
यस्तो प्रतिशोधमा नफस्ने हो भने सक्रिय काम केही पनि गर्न नहुने उनको बुझाइ छ । चुप लागेर बस्ने, सबैको कुरा हो भनिदिए प्रतिशोधमा नफस्ने र तर, त्यस्तो व्यक्ति गतिलो नेता बन्न नसक्ने सांसद बस्नेतले बताए । गतिलो काम गर्न खोजे जो कोही पनि प्रतिशोधको सिकार हुन सक्छ,’ सांसद बस्नेतले भने । गतिलो काम गर्न खोज्ने कर्मचारीलाई मुद्दा लाग्ने प्रवृति बढेकोमा उनको आपत्ति थियो ।
सत्तापक्षलाई परे प्रतिपक्ष हाँसिदिने र प्रतिपक्षलाई परे सत्तापक्ष हाँसिदिने प्रवृत्तिले प्रतिशोधको राजनीतिलाई मलजल गरिरहेको उनको टिप्पणी छ । ‘म पनि लागेको कुरा प्रष्ट बोल्न पर्ने मान्छे । पार्टीभित्र पनि खप्न पर्छ, बाहिर पनि खप्न पर्छ,’ उनले भने । कहिले को छिर्ने, कहिले को छिराउने, कहिले कसलाई मुद्दा लगाउने जस्तो चलिरहेको उल्लेख गर्दै उनले आफू समेत सुरक्षित नरहेको बताए ।
‘यहाँ म पनि अछुतो रहन्नँ । पालो कहिले आउँछ भन्ने मात्रै हो । तपाईंहरू कोही अछुतो रहनुहुन्नँ,’ उनले भने । सक्रिय राजनीतिक जीवन, महत्वकांक्षी राजनीतिक जीवन र मुलुकलाई केही गर्ने खोज्ने राजनीतिक जीवन खोज्नेहरू कोही पनि प्रतिशोधको सिकार हुन सक्ने उनको भनाइ छ । यस्तो परिस्थितिमा सुधार गर्नका लागि पार्टी भित्र र पार्टी बाहिर दुस्मन नभएर सहयात्री, सहकर्मीको रुपमा भातृत्वको भाव विकास गर्न आवश्यक रहेको उनले बताए । अन्यथा, प्रतिशोध बढेर गए त्यसले राम्रो नगर्ने उनको भनाइ छ ।