पोखरा । पोखराको फेवा तालमा हावाहुरीसहित परेको पानीका कारण फसेका ८ जनाको उद्धार भएको छ ।
सोमवार दिउँसो डुंगा चलाएर कायकिङ ( एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा ) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका थिए ।
मौसम बिग्रिएसँगै फेवातालमा अलपत्र परेका उनिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका थिए । बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका – ५ बस्ने बर्ष २१ को रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरि बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्दार टोलिले सकुशल उद्दार गरेको छ ।
हावाहुरीका कारण तालमा फसेका अन्यको उद्दार गरेको छ ।