काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको र सरकार ढाल्न खोजेको भन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्र्द उनले यो सरकारलाई असफल हुने छुट छैन,नभएको बताए । कोईरालाले पार्टीभित्र कुनै विवाद नभएको र सरकारप्रति आफ्नो पुरै समर्थन रहेको दोहोर्याए।
नेता कोइरालाले सात बुँदे सहमतिको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न सरकारलाई आग्रह गरे। उनले सरकार गठनका बेला नेकपा ९एमाले० सँग भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन्। उनले संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य र सुशासन कायम गर्ने सहमतिका बुँदाहरूमा सरकार असफल भएको टिप्पणी गरे।
कोइरालाले संविधान पुनरावलोकनका लागि संसद्भित्रका सबै दल र सरोकारवालाहरूको राय लिएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेस र एमालेले पालिका तहसम्म संयन्त्र बनाउने निर्णय गलत भएको बताउँदै यस्ता संयन्त्र सरकारभित्रै बनाउन सुझाव दिए। “लोकतान्त्रिक प्रणालीमा बाहिर संयन्त्र बनाउनु हुँदैन,” उनले भने।