पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदिमा वेपत्ता भएका एक युबकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि.क. सो नदिमा पौडी खेल्ने क्रममा बैसाख २२ गते दिउँसो २. ०० बजे डुवेर वेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको हो ।