काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले महिना दिन बितिसक्दा पनि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठक अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै भने, ‘महिनादिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नु भएको छैन तपाईंहरूले।’
अध्यक्ष दाहालले दुई तिहाइको अहंकार फुटिसकेको टिप्पणी गरे। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ उनले भने, ‘हरेक नियुक्तिमा स्वार्थ समूह नै हाबी छन्।’ प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए ।
‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ प्रचण्डले भने, ‘मेरो चिन्ता हिजो पनि थियो, आज पनि त्यही भन्छु सरकारको कार्यशैलीले तपाईंहरूमात्रै ढल्दै हुनुहुन्न, लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन ?