काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन्। यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्नुहुँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्डी बनाइएको टिप्पणी गरेका हुन्। गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको उनले बताए।
मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाइ समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ। उनले भने, सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतीको तीन महिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो।
उक्त विधिबाट सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधीहरुको सुझाव समावेश गर्नको लागि पर्याप्त समय उपलब्ध हुने र सांसदका सुझावहरु समेटेर यो परिमार्जन भई सोहीअनुरुप बजेटमा प्रतिविम्बित हुन सक्ने कुरामा सरकारले बेवास्ता गरेको उनको गुनासो थियो। तर त्यसो गर्दा २ तिहाइको निरंकुशता लाद्न सकिने थिएन। त्यसैले सरकारले आफ्नो चरित्र देखायो र गत वर्षको प्रावधानलाइ खारेज गरियो । उहाँले भन्नुभयो, सरकारसँग संख्याको दम्भ छ, जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ। त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो।
फेरी एउटा औपचारिकतामा यसलाइ प्रस्तुत गरियो । म सच्च्याउन माग गर्दछु। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साहित गर्न नसकेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका सांसदको बेच्नमा देखिएको मौनताले नै यसबारे धेरै कुरा प्रष्ट पार्ने समेत जिकिर गरे।
‘राष्ट्रपतिले आगामी वर्षका नीति तथा कार्यक्रम बाचन गरिरहँदा सत्तारुढ दलका सांसदको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरेको छ,’ प्रचण्डको भनाइ छ,‘सांसदहरुले किन टेबल नबजाएको भन्दै सम्माननीय प्रधानमन्त्रीले आफ्नै सांसदहरुसँग गरेको दुखेसो र नीति तथा कार्यक्रमलाई सर्मथन गर्न पटक–पटक दिएको निर्देशनले नै प्रष्ट पारेको छ।’
आफ्नै सांसदलाई उत्साह दिन नसक्ने नीति तथा कार्यक्रमले जनतालाई सन्तुष्टि दिनै नसक्ने उनको भनाइ छ। ‘सत्तारुढ दलका सांसदलाई नै उत्साह दिन सक्दैन भने त यसले आम जनतालाई सन्तुष्टि दिने त ठाउँ नै हुँदैन,’ प्रचण्डले भने, ‘छलफलमा नजाँदै देखिएका यी परिदृयहरुले यी नीति तथा कार्यक्रम कसका लागि र कस्तो आएछ भन्ने अनुमान गर्न सकिन्छ।’ सरकारले परम्परा धान्न र औपचारिकता पुरा गर्न मात्रै नीति तथा ल्याएकोको उनले आरोप समेत लगाए।