काठमाडौँ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक ९डीआईजी०हरूको सरूवा गरेको हो । जसअनुसार ६ प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका हुन् । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) को सरुवा भएको छ ।
गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।
लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।