काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ । झापाबाट सुरु गरेको ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीस् तराई–मधेस जागरण अभियान’ सकिएको एकसाता नहुँदै माओवादीले मध्य पहाडी लोकमार्ग अभियान घोषणा गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले मध्य पहाडी लोकमार्ग अभियानका लागि तयारी थाल्न पार्टीं नेतृत्वलाई निर्देशन पनि दिएको छ । ‘बैठकले मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । अभियानको सम्पूर्ण कार्यक्रम बन्न बाँकी नै रहेको छ । आजको बैठकले हुलाकी मार्ग केन्द्रित जागरण अभियानबारे समीक्षा गर्दै अभियानसोचेभन्दा बढी सफल भएको निष्कर्ष समेत निकालेको छ’ ।
बैठकले ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीस् तराई–मधेस जागरण अभियान’ सफल भएको निष्कर्ष निकालेको छ । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको बताउँदै माओवादीले सबैप्रति आभार व्यक्त गरेको छ । बैठकमा आगामी दिनको कार्ययोजना र संगठनात्मक पक्षबारे पनि छलफल भएको माओवादीले जनाएको छ ।