अष्ट्रेलिया । अष्ट्रेलियामा लेबर पार्टी पुनस् निर्वाचित भएको छ । अष्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमका अनुसार वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीजले दोस्रो पटक आम चुनाव जितेका हुन् । अष्ट्रेलियाको चुनावमा लेबर पार्टीका एन्थोनी अल्बानीजले भारी बहुमत हासिल गरेका छन् र उनी फेरि देशको प्रधानमन्त्री बन्नेछन् ।
देशभरि लिबरल(नेशनल गठबन्धनको लज्जास्पद हार व्यहोरेको छ । अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्यमान्यताको पक्षमा मतदान गरेका छन्, एन्थोनी अल्बानीजले भने। गठबन्धनका नेता पिटर डटन आफैंले आफ्नै सिटमा चुनाव हारेका छन् । उनले विगत २४ वर्षदेखि यो पद सम्हालेका थिए । उनले हारको पूर्ण जिम्मेवारी लिएका छन् । २१ वर्षमा पहिलो पटक कुनै नेता फेरि प्रधानमन्त्री बन्नेछन्। यसअघि २००४ मा लिबरल पार्टीका जोन हावर्डले लगातार दोस्रो पटक चुनाव जीतेका थिए ।
विपक्षी लिबरल(नेशनल गठबन्धनले हार स्वीकार गरेको छ । डिक्सन संसदीय सिटबाट डटनको हारलाई शताब्दीको सबैभन्दा ठूलो राजनीतिक हार मानिएको छ। विपक्षी नेता पिटर डटनले चुनावमा हार स्वीकार गर्दै भने ुहामीले राम्रो गरेनौं, म यसको पूर्ण जिम्मेवारी स्वीकार गर्दछु। अष्ट्रेलियामा हरेक ३ वर्षमा चुनाव हुन्छ। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनको अनुमान अनुसार लेबर पार्टीले ८५ सिट जित्न सक्छ। गठबन्धनले ४० सिट पाउन सक्छ । अस्ट्रेलियामा सरकार बनाउन ७६ सिट आवश्यक पर्छ। २०२२ मा भएको पछिल्लो चुनावमा लेबर पार्टीले ७७ सिट र लिबरल(नेशनल गठबन्धनले ५८ सिट पाएको थियो ।
अस्ट्रेलियाको तल्लो र माथिल्लो सदनमा गरेर २ सय २६ सिटका लागि मतदान भएको हो । तल्लो सदन ९लेजिस्लेटिभ काउन्सिल० मा १ सय ५० जना र माथिल्लो सदन सिनेटमा ७६ सिटका लागि शनिबार मतदान भएको हो । अस्ट्रेलियास्थित समाचारसंस्था एबिसीका अनुसार अहिलेसम्म लेबर ८५ सीटमा अघि छ भने लिबरल जम्मा ३९ सीटमा अघि देखिएको छ । साथै लेबर र लिबरल बाहेक स्वतन्त्र उम्मेदवार ११ स्थानमा अघि छन् । सिएनएन