मोरङ । मोरङ जिल्लाको बेलबारी नगरपालिका–२ स्थित सिंहदेवी आधारभूत विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका ९० जना विद्यार्थीहरुको लागि पोशक बितरण गरिएको छ ।
कोशी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनु सुवेदी घिमिरेको उपस्थितिमा विद्यालयका प्रधानाचार्य ध्रुव दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद दंगाललाई विद्यार्थीहरुको लागि कपडा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नं. ३ कंकालिनी गण मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेलगायत स्थानीय जनप्रतिनिधिहरु, शिक्षक शिक्षिका तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।