काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् ।
काठमाडौंमा जताततै फुटपाथ अतिक्रमित छ ।
भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् ।
दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ ।
फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।
नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ ।
प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ ।
यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ ।
साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । तस्वीरहरूस् नेपाल फोटो लाइब्रेरी