नुवाकोट । काठमाण्डौको माछापोखरी क्षेत्रमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका – वडा नं १ का स्थानीय बासिन्दाहरुले सडक बन्द गर्दा फोहोर बोकेका काठमाण्डौ महानगरपालिकाका गाडी बाटोमै रोकिएका हुन् । काठमाडौं उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् ।
स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन्। मागको सम्बोधन नभएसम्म फोहोरका गाडीलाई डम्पीङ्ग साईटमा जान नदिने उनिहरुले चेतावनी दिईरहेका छन् ।