ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा बिहिवारबाट ललितपुरमा सुरु भएको छ। रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालमा पुर्याइएको हो। हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ। रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यरूपमा मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ। पौराणिक किंवदन्ती अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ ।
वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ । भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन् । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।