काठमाण्डौं । संक्रमणकालीन न्यायबारे छलफल गर्न बोलाइएको तीन शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो।
आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएका थिए। त्यसपछि ओली र देउवाबीच मात्रै छफल भएको थियो। करिब एक घण्टा लामो छलफल सकाएपछि ओली र देउवा सिंहदरबारबाट छुट्टिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरुको बैठकमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बोलाइएको थियो। संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो। ओली र देउवाले सिंहदरबारमा छलफल थाले पनि प्रचण्ड भने सहभागी भएनन्। सरकारले गर्ने गलत काममा आफूलाई मुछ्नेगरी बोलाउने गरिएको भन्दै आजको छलफलमा नगएको प्रचण्डको सचिवालयले बतायो।