काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले राजनीतिक भेटवार्ता तिब्र रुपमा अघि बढाएका छन् । उनले आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन् ।
हिजोदेखि राजनीतिक भेटघाट शुरु गरेका चौथाईवालेले आज मात्रै शिर्ष राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटघाट गरेका छन् ।
नेकपा एकीकृत समाजावदी० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न चौथाईवाले नेपाल निवास कोटेश्वर पुगेका थिए ।
नेपाल बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी राखेका छन्। काठमाडौं ओर्लिएकै दिन हिजो ९बुधबार० गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणा र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका चौथाईवालेले आज विपक्षी दलका नेता प्रचण्डसँग खमुलटार पुगेर भेटवार्ता गरेका हुन् ।
उनले आजै नेपाली कांग्रेसका नेताहरु डा। शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, प्रवक्ता डा। प्रकाशशरण महत, नेता उदयशमशेर जबरासँग पनि भेट गरेका छन् ।
चौथाईवालेले आजै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग पनि भेट गरेका हुन् । चौथाईवालेको यो उच्च स्तरीय राजनीतिक भेटबार्तालाई चाँसोकासाथ हेरीएको छ ।