काठमाण्डौं । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानविन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन् । उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन् । उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन् । उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने बताइन् । उनले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्र्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताइन् ।
उनले भनिन्, ‘उक्त घटनामा आमनागरिकको जिउ धनको सुरक्षा गर्ने र राज्यले दरिलो सुरक्षा रणनीतिको निर्माण र नतिजामुलक कार्यान्वयनमार्फत देशमा शान्ति सुरक्षा तथा अमनचयनप्रति प्रत्याभुत गर्ने समबन्धमा राज्यपक्षको कमीकमजोरीहरु देखिएकाले आगामी दिनमा शान्ति सुरक्षासँग सम्बन्धित नीति तथा कानूनी सुधार गर्न जरुरी बिषयहरु सम्बोधन गर्दै जानुपर्छ । सुरक्षा निकायसँग सम्बन्धित निकायलाई साधन स्रोत सम्पन्न र प्रविधि मैत्री बनाउँदै संगठनात्मक र मानव स्रोतगत व्यवस्थापन परिणाममुखी बनाउन र अब उप्रान्त यस्ता घटनाहरु दोहोरिन नदिने गरी सुरक्षा चुनौतीको विश्लेषणका आधारमा अपेक्षित सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न र अब उप्रान्त सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानलाई मात्र प्रदर्शन गर्न जरुरी बिषयहरु सम्बोधन गर्दै जानुपर्छ ।
अनुमति दिने आवश्यक प्रवन्ध गर्न, घाइतेका निस्शुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एवं सो घटनामा मानव अधिकारको गम्भीर उल्लघंन भएको देखिएकाले छानविन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन र सो आधारमा दोषी देखिएका व्यक्ति वा संस्थाका उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहीको प्रवन्ध गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गर्ने भन्ने प्रश्ताव गरेको छु ।’