काठमाण्डौं । गत चैत्र १५ गते तिनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि फरार रहेका राजावादीले गरेको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईं अन्तत पक्राउ परेका छन् । उनलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाहुदै नेपाल ल्याइएको हो । प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल हुदै काठमाण्डा ै ल्याईदैछ । भारतमा पक्राउ परेको समाचार मिडियामा लिक भएपछि प्रहरीलाई अप्ठेरो परेको हो ।
नेपाल(भारतबीच सुपुर्दगी सन्धि नभएकाले कानूनतः एक अर्को देशका नागरिकलाई पक्राउ र हस्तान्तरण गर्न मिल्दैन । यद्यपि आपसी समन्वयमा अनौपचारिक तवरबाट यस्तो कार्य हुँदै आएको छ । दुर्गा प्रसाईँलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरेका हुन् ।
गए राति विभिन्न सञ्चारमाध्यममा प्रसाईँलाई भारतबाट पक्राउ गरी नेपालतर्फ ल्याइँदै गरेको समाचार प्रवाहित भयो । ती समाचारले अप्ठेरो परेपछि राति नै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेर खण्डन गर्यो । राजावादी प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका दुर्गा प्रसाईँ फरार बनेका थिए । उनले आफू नेपालमै रहेको दाबी गरे पनि भारतमा लुकेको सूचनाका आधारमा प्रहरीले पक्राउको रणनीति बनाएको थियो ।
यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।
अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ । सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गरेको थियो । दुर्गा प्रसाईलाई नेपाल प्रहरीले झापाको काँकडभिट्टाबाट आधिकारिक रूपमा पक्राउ गरेको हो ।