काठमाण्डौं । प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) तर्फबाट निर्वाचित बोहराको यही चैत १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् ।
‘नेपालको संविधानको धारा ८९ को खण्ड ( च ) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त हुन आएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।