काठमाडौं । गत चैत १५ गते भएको काठमाण्डौको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतको आसामवाट पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।
यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए र आफु नेपालमै रहेको बताएर सबैलाई ढाँटीरहेका थिए ।