काठमाण्डौं । काठमाण्डौमा सिमसिमे पानी परीरहेको छ । बिहानैदेखि परेको पानीले आवतजावतमा असर पुगीरहेको छ । तर भरीको पनि प्रवाह नगरी काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरु सडकमा उत्रिएका छन् । हातमा छाता बोकर उनिहरु झरीको प्रवाह नै नगरी आफ्ना माग सम्बोधनका लागि सडक आन्दोलनमा होम्मीईरहेका हुन् ।
तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर(बबरमहल(बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन्। सरकारले पटक– पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ।
नत उनिहरु अहिलेसम्म सरकारसँग बार्तामा बसेका छन् नत आन्दोलन नै रोकेका छन् । बिहिवार भने काठमाण्डौको बानेश्वर क्षेत्रमा शिक्षकहरु सडकमा भिज्दै आन्दोलन गरीरहेका छन् ।