काठमाडौं । गएरातीदेखि परेको बर्षाका कारण देशका बिभिन्न स्थानमा हिमपात भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङमा पनि हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।
हिमपात केही स्थानमा सडक अवरुद्ध पनि भएको छ ।
यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् ।
हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् ।
तस्विरहरु बिष्णु कल्पित ( नेपाल न्यूज बैंक )