नवलपरासी । दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।
त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी उबर्दघाट सुस्तापूर्वए जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।