२७ चैत, काठमाडौं ।
हङकङमा आजदेखि सुरु भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै सशक्त जित हासिल गरेको छ।
पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो। कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रन बनाए भने शाहजैब जमिलले ३१, मुजीब उर रहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन जोडे।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले समान १–१ विकेट लिए।
विशेष उल्लेखनीय प्रदर्शन गरेका नन्दन यादवले डेब्यू खेलमै विकेट लिँदै टोलीमा प्रभाव जमाए।
१५२ रनको लक्ष्य पछ्याउँदै नेपालले मात्र १७ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
ओपनर कुशल भुर्तेलले ३८ रन, आसिफ शेखले ३३ रन, कप्तान रोहित पौडेल ३७ रनमा अविजित, र बसिर अहमद ३० रनमा अविजित रहँदै सहज जित सुनिश्चित गरे।
कतारका मुजीब उर रहमानले २ विकेट लिएका थिए।
यस प्रतियोगितामा नेपाल, हङकङ, कतार र कुवेत सहभागी छन्। नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार कुवेतविरुद्ध खेल्नेछ।