काठमाडौँ । नेपाल शिक्षक महासंघले जारी राखेको बृहत शैीक्षक सडक आन्दोलन बुधवार पनि जारी रह्यो । विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई निरन्तरता दिईरहेका छन् ।
आन्दोलनमा सहभागी हुन देशैभरबाट शिक्षकहरु आउने क्रम पनि बढीरहेको छ । जसका कारण बुधबार माइतीघर देखि बानेश्वरसम्मको सडकमा यातायात आवागमन अवरुद्ध समेत भएको थियो । सरकारले वार्ता, संवाद गर्न तेस्रो पटक गरेको प्रस्ताव पनि नेपाल शिक्षक महासंघले अस्वीकार गरेको छ ।
यसरी पढाई छाडेर आन्दोलनमा होम्मीएका शिक्षकहरुका कारण शैक्षिक सत्र बिथोलिने खतरा पनि बढेर गएको छ भने भर्खरै सम्पन्न एसईई परिक्षाको नतिजा प्रकाशनमा पनि सबस्या आउने देखिन्छ । शिक्षा मन्त्रालयले तिन–तिन पटक बार्तामा बोलाएपनि बार्ताको औचित्य नरहेको बताईरहेका छन् । यसले आन्दोलन झन् लम्बिने निश्चित जस्तै बनेको छ ।